काेपा अमेरिका फुटबल : अर्जेन्टिनाले भेनेजुएलालाई हरायाे, सेमिफाइनलमा ब्राजिलसँग भेट पक्का

 असार १४, २०७६ शनिबार ६:४२:५१ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गएराति अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लाे सेल्साेले एक-एक गोल गरेका थिए ।

१० औं मिनेटमा सर्जियो अग्युराेको पासलाई सदुपयोग गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टिनाभन्दा राम्रो फुटबल खेलेको भेनेजुएला सुरुमै गोल खाएपछि दबाबमा आयो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । दोस्रो गोलमा पनि अग्युराेको भूमिका रहेको थियो । ७४ औं मिनेटमा सेल्साेले गोल थपेपछि अर्जेन्टिना २–०ले अघि बढेको थियो ।

त्यसपछि थप गोल नभएपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गर्न ब्राजिलसँगको भेट पक्का गरेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियाेनल मेस्सी पूरै ९० मिनेट नै मैदानमा रहे पनि गाेल गर्न सकेनन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया