एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : सिंगापुरको विजयी सुरुवात, चीन २८ रनमै अलआउट  !

 असार १७, २०७६ मंगलबार १०:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालको समूहमा रहेको सिंगापुरले विजयी सुरुवात गरेको छ । मलेसियामा मंगलबार भएको खेलमा चीनलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको चीन २३ ओभरमा जम्मा २८ रन बनाउँदै अल आउट भयो । चीनले २८ रन मध्ये १५ रन अतिरिक्त पाएको थियो । चीनका सात जना व्याट्सम्यानले खाता नै खोल्न सकेनन् भने सर्वाधिक रन वेइ गुइलीले ७ रन बनाए । उनले ५५ बल फेस गरेका थिए ।

गुहावो गोएले ३ रन बनाउँँदा  लिंङ चेन २ तथा लियूङ याङले १ रन जोडे ।  सिंगापुरका विनित चितेस मेहता एक्लैले सात विकेट हात पारे । ६ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राखेर ८ रन खर्चंदै ७ विकेट हात पारेका हुन् ।

नेल अनन्त कर्णिक, प्रणव सुर्दशन र प्रमेश सिंघवीले एक एक विकेट लिए । सिंघवीले ७ ओभर बलिङ गर्दा ५ ओभर मेडन राख्दै ३ रन खर्चिएका थिए भने कर्णिकले ६ ओभरमा ३ ओभर मेडन राख्दै ६ रन दिए ।

२९ रनको सामान्य लक्ष्य सिंगापुरले ६.५ ओभरमा पूरा गरेको थियो । उसको जितमा साई हर्ष बेनुगोपाल १५ तथा हरि कुक्रेजाले ४ रनको अभिजित पारि खेले ।

विनित चेतेस मेहता ११ रनमा आउट हुँदा कान्नुसमि शतिस १ रनमा पेभेलियन फर्किए । चीनका टियान सेन कुनले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत बुधबार चीनले नेपालको सामना गर्ने छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया