एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा थाइल्याण्डमाथि मलेसियाको जित

 असार १७, २०७६ मंगलबार १२:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा थाइल्याण्डविरुद्ध मलेसिया १६ रनले विजयी भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३०.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनाएको थियो । मलेसियका लागि अमिरुल जुलकरिनले सर्वाधिक २९ रन बनाउँदा विसभरुबेन कुमार र लोकमान नुर हकिम सहरले ११–११ रनको पारि खेले । थाइल्याण्डका सरावत मलिवनले सर्वाधिक ५ विकेट लिँदा टान्डेज वाङ होङले २ विकेट हात पारेका थिए ।

९५ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्ड २६.४ ओभरमा ७८ रन बनाउँदै अल आउट भयो । थाइल्याण्डका नरावेट नुनटार्चले सर्वाधिक २१ रन बनाउँदा चिरापोङ लिआनचेन र कोङकिडाकोनले ११–११ रन बनाए । सानो लक्ष्य रक्षा गर्ने क्रममा मलेसियाका बलरले उत्कृष्ट प्रदर्शन गरे ।

मोहम्मद अमिरले सर्वाधिक ४ बिकेट लिँदा ८.४ ओभरमा २ ओभर मेडन राखेर १५ रन खर्चिएका थिए । मोहम्मद सेउकरीले ३ ओभरमा २ विकेट लिए भने सेचेन्यु हिटाइजले ६ओभरमा १८ रन खर्चँदै २ विकेट नै हात पारे ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया