बझाङमा युवतीको शव भेटियो, गाडीले ठक्कर दिएको आशंका

 असार १७, २०७६ मंगलबार १२:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बुंगल नगरपालिका खोचेगाडाको तारका बगरमा एक युवतीको शव भेटिएको छ । बुंगल नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो ।

सोमबार साँझ बजेतिर गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव मंगलबार बिहान बुङगलको खोचेगाडाको तारका बगरमा भेटिएको हो । धामी महेन्द्र उच्च माविमा १२ कक्षामा पढ्नुहुन्थ्यो ।

शवको प्रकृति हेर्दा ललितालाई गाडीले ठक्कर दिएको जस्तो देखिने प्रहरीले जनाएको छ । शव भेटिएपछि स्थानीयले २ वटा टिप्परमा आगजनी गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया