दशरथ चन्द मेधावी खेलाडी पुरस्कारबाट ९ जना खेलाडी सम्मानित

 असार १७, २०७६ मंगलबार १३:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट ९ जना खेलाडीलाई सम्मान गरिएकाे छ ।

वर्ष २०७५ सालमा नेपाली खेलकुदमा योगदान पुर्‍याएका नौ जना खेलाडीलाई दशरथ चन्द स्मृति ट्रष्ट सम्मान गरेको हो ।

सम्मानित हुनेमा प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका टंकबहादुर कार्की, एथ्लेटिक्सका अजित कुमार यादव, बडिबिल्डिङका महेश्वर महर्जन, फुटबलकी निरु थापा, तेक्वान्दोका दीपक विक, ब्याटमिन्टनका प्रिन्स दाहाल, अपांग पुरुष खेलाडीमा एथ्लेटिक्सका अजय तामाङ, महिलामा बोसिया खेलकी महिमा कोइरालालाई सम्मानित गरियो । पुरस्कृत हुने सबैलाई जनही दश हजार रुपैयाँ हस्तान्तरण गरिएकाे थियाे ।

विजेता सबैले वर्ष २०७५ मा अन्तर्राष्ट्रिय स्तरमा कुनै न कुनै रुपमा नेपालका नाम परिचित गराएका थिए । अघिल्लो संस्करणमा यहि कार्यक्रममा एक खेलकुद पत्रकारलाई सम्मान गरेकोमा यसपटक भने यो पुरस्कार दिइएन । हरेक वर्ष यो ट्रष्टले विभिन्न खेलका खेलाडीलाई सम्मान गर्दै आएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया