एनएसजेएफ स्पोर्ट्स अवार्ड : एसियाडमा रजत पदक दिलाउने योगेश भट्टराई बने उत्कृष्ट प्रशिक्षक

 असार १७, २०७६ मंगलबार १६:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाललाई एसियाडमा २० वर्षपछि रजत पदक दिलाउने मुख्य प्रशिक्षक योगेश भट्टराईले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।

उनले फुटबलका हरि खड्का, एथ्लेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पार्दै भट्टराईले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।

भट्टराई कोरियामा भएको प्रि-वर्ल्ड कप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक, राखेपमा भर्खर प्याराग्लाइडिङको प्रमुख प्रशिक्षकमा नियुक्त, आगामी सागको जिम्मेवारी बहन पनि गरेका छन् ।

त्यस्तै नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङलाइडिङ संघका सल्लाहकारको भूमिकामा पनि भट्टराई रहेका छन् । उनले अवार्डसँगै नगद ५० हजार पनि प्राप्त गरे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया