एनएसजेएफ स्पोर्ट्स अवार्ड: अजित यादव युवा खेलाडी, प्याराग्लाइडिङ टिम अफ दी इयर

 असार १७, २०७६ मंगलबार १६:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एथ्लेटिक्सका अजितकुमार यादवले एनएसजेएफ युवा खेलाडीको अवार्ड हात पारेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्डमा अजित उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका हुन् । उनले क्रिकेटका ललितनारायण राजबंशी, करातेका विजय श्रेष्ठ, फुटबलकी मन्जली कुमारी योञ्जन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएका हुन् । अजितले अवार्डसँगै ५० हजार रुपैयाँसहित केल्मी नेपाल, गोल्डस्टा र टामेक्सका विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । उनकाे याेगदान यस्ताे छ:

–राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण

–तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा ९८।३०।३२० को कीर्तिमानी स्वर्ण

–२३औं एसियन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रिय किर्तिमानमा सुधार

–काठमाडौं म्याराथन ५ किमि खुला रोड रेसमा स्वर्ण

–बन्दीपुर रोड रेस ८ किमिमा स्वर्ण

–मदनभण्डारी रोड रेस ५ किमिमा स्वर्ण ।

त्यस्तै प्याराग्लाइडिङको पुरुष टिमले ‘एनएसजेएफ टिम अफ दी इयर’को अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको पुरुष टोली टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरेको हो ।

प्याराग्लाइडिङको पुरुष टोलीले इण्डोनेसियामा गएकाे वर्ष सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएका थिए । नेपालले पुरुष टिम क्रस कन्ट्री स्पर्धामा ११ हजार ३ सय ६४ अंक ल्याएर रजत जितेको थियो । नेपाली टोलीमा विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया