च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले ‘एनएसजेएफ पल्सर स्पेसल अवार्ड’ पाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा रोहितलाई स्पेशल अवार्ड प्रदान गरेको हो ।
नेपाली राष्ट्रिय टिमका नियमित सदस्य रोहित हाल इण्डाेनेसियाको पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् । जाकार्ताले वर्ष २०७५ मा त्यहाँको लिग वान जित्दा उनी त्यसका प्रमुख खेलाडी थिए । त्यसैक्रममा उनी लिगकै ‘मोस्ट भ्यालुएल प्लेयर’ पनि चुनिए ।
अवार्डसँगै रोहितले ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । रोहित हाल इण्डोनेशियामा रहेकाले उनका दाजु रवीन्द्र चन्दले अवार्ड ग्रहण गरेका थिए । परिवारको सदस्यले अवार्ड पाउँदा आफूहरु खुसी रहेको र यसले रोहितको खेलमा अझै सकारात्मक प्रभाव पार्ने रवीन्द्रले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।