सन्दीप र सावित्रालाई पछि पार्दै रेश्माले जितिन् एनएसजेएफ स्पोर्ट्स पिपल्स च्वाइस अवार्ड

 असार १७, २०७६ मंगलबार १७:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीले एनएसजेएफ स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधामा अवार्ड जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रदान गरेको अवार्डका लागि १ महिनाअघि नै मनोनयन सार्वजनिक गरेको थियो । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिएको हो ।

उनले शारीरिक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् । उनले समग्रमा ३२.९२ प्रतिशत मत ल्याउँदा फुटबलकी सावित्राले २९.५३५ प्रतिशत भोट हात पारिन् । शारीरिक सुगठनका महेश्वर मर्हजनले १५ प्रतिशत मत प्राप्त गर्दा प्रिन्स दाहालले १३.५४५ प्रतिशत र क्रिकेटर सन्दीप लामिछानले ८.४१ प्रतिशत मत प्राप्त गरे ।

अवार्डसँगै रेश्माले बजाजको पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया