एनएसजेएफ स्पोर्ट्स अवार्ड: महिला नेत्रहीन क्रिकेटकी मनकेसी चौधरी ‘पारा वर्ष खेलाडी’

 असार १७, २०७६ मंगलबार १७:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीकी सदस्य मनकेसी चौधरीले ‘पारा वर्ष खेलाडी’ घोषित भएकी छिन् ।

एनएसजेएफ स्पोर्ट्स अवार्डमा नेपाली टोलीकी अलराउण्डर मनकेसीले ‘पारा वर्ष खेलाडी’ को अवार्ड जितेकी हुन् । ‘पारा वर्ष खेलाडी’ घोषित भएसँगै मनकेसीले ५० हजार रुपैयाँसहित केल्मी नेपाल, गोल्डस्टार र टाइमेक्सबाट विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

२१ वर्षीया चौधरीले २०६५ सालदेखि नेत्रहीन क्रिकेट खेल्न सुरु गरेकी थिइन । गएकाे वर्ष पाकिस्तानविरुद्धको ४ खेलको सिरिजमा मनकेसीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाललाई चार वटै खेल जिताउन मुख्य भूमिका निर्वाह गर्ने क्रममा उनले सर्वाधिक १ सय ८३ रन बनाएकी थिइन् ।

दुई अर्धशतक प्रहार गर्दै नेपालको लागि पहिलो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि उनले रचिन् । उनी दुई खेलमा प्लेयर अफ दि म्याच समेत घोषित भएकी थिइन् । यस्तै बी टू क्याटेगारीमा उनी प्लेयर अफ द सिरिज बनेकी थिइन् ।

पाकिस्तान जानुअघि पनि नेपालमा भएको पारा च्याम्पियनसिप अन्तर्गत महिला नेत्रहीन क्रिकेट सिरिजमा मनकेसीको टिम च्याम्पियन बनेको थियो । उनको टिम माछापुच्छ्रेले टिम सगरमाथालाई पराजित गर्दा मनकेसी वुमन अफ दी म्याच भएकी थिइन् ।

यस्तै सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी–२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया