एनएसजेएफ स्पोर्ट्स अवार्ड: एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड पाकिस्तानका अमजद अली मकिललाई

 असार १७, २०७६ मंगलबार १७:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तरगत पहिलो पटक थप गरिएको एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्डबाट पाकिस्तानका अमजद अली मकिल सम्मानित भएका छन् ।

एआईपीएसका महासचिव समेत रहेका मलिक आइतबार नेपाल आएका थिए । उनलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले अवार्ड प्रदान गर्नुभएकाे थिए । अवार्ड ग्रहण गरेपछि महासचिव समेत रहेका मलिकले एनएसजेएफसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए ।

उनले पाकिस्तानमा हुन लागेको राष्ट्रिय खेलकुदमा नेपालबाट चार जना पत्रकारलाई रिर्पोटिङका लागि आमन्त्रण पनि गरे, साथै १३ औंँ दक्षिण एसियाली खेलकुदका लागि फेरि नेपाल आउने बताए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया