च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - प्याराग्लाइडिङका युकेश गुरुङले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।
उनले १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत पदक दिलाएका थिए । त्यस्तै स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरिसी वर्ल्ड कपमा कास्य पदक जितेका थिए ।
यस्तै एसियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्ये चार चरणमा गोल पूरा गरेका थिए । एसियाडको डेब्यू खेलमै सर्वाधिक स्कोर, स्वर्णका लागि केबल २७ अंकले पछि पर्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । यसैको योगदानस्वरुप एनएसजेएफले उनलाई याे अवार्डले सम्मान गरेको छ । उनले पल्सर मोटरसाइकलका साथै विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।