पूर्व मन्त्री साहलाई दाेस्राे पटक जन्मकैदकाे फैसला

 असार १७, २०७६ मंगलबार २०:१५:४० | शैलेन्द्र महतो
unn.prixa.net

फाइल फाेटाे

धनुषा – पूर्व राज्यमन्त्री संजय साह (टक्ला) लाई धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा समेत दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जनकपुरको बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका साहलाई संचार उद्यमी हत्याकाण्डमा समेत मुख्य योजनाकार ठहर गर्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

रेडियाे जनकपुर तथा जनकपुर टुडे पत्रिकाका सञ्चालक सिंहानियाको २०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या गरिएको थियो ।

मंगलबार धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले संचार उद्यमी हत्याकाण्डमा योजनाकारको रुपमा पूर्व मन्त्री साह र साहको निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै सिंहानिया हत्या आरोपमा पूर्वपक्षको लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० वर्षको कैद सुनाइएको छ भने रामविनोद यादवलाई ३ वर्ष कैदको फैसला गरेको हो । यस्तै ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिबाना गरेको छ ।

यसअघि पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डको मुख्य योजनाकारको आरोपमा जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै २०७५ चैत १४ गते पूर्व मन्त्री साहलाई जन्मकैदको सजाय सुनाएको थियो । २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको बेला बम विस्फोट हुँदा ५ जनाको ज्यान जानुको साथै ३२ जनाभन्दा बढी घाइते भएका थिए ।

पूर्व मन्त्री साह काठमाण्डौको नख्खु जेलमा जेल जीवन बिताइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया