मेस्सीलाई पछि पारे भारतीय कप्तान क्षेत्रीले

 असार २३, २०७६ सोमबार ९:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई पछि पारेका छन् ।

इन्टरकन्टिनेन्टल कप अन्तर्गत आइतबार राति भएको खेलमा ताजकिस्तानविरुद्ध २ गोल गरेपछि क्षेत्रीले मेस्सीलाई सर्वाधिक गोल गर्ने रेकर्डमा पछि पारेका हुन् । क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा ७० गोल पुर्‍याएका छन् ।

यसअघि ६८ गोल गर्दै मेस्सीभन्दा एक कदम पछि रहेको क्षेत्रीले आइतबार राति २ गोल गरेपछि मेस्सीलाई पछि पारेका हुन् । मेस्सी भन्दा क्षेत्रीले २७ खेल पनि कम खेलेका छन् । मेस्सीले १३६ अन्तर्राष्ट्रिय खेल खेल्दा क्षत्रीले १०९ खेल मात्रै खेलेका छन् ।

क्षेत्री भन्दा अगाडि अब पोर्चुगलका क्रिष्टियानो रोनाल्डो रहेका छन् । उनले १५८ खेलमा ८८ गोल गरेका छन् ।

क्षेत्रीले गाेल गर्दा पनि भारत ताजिकस्तानिवरुद्ध ४-२ गाेल अन्तरले पराजित भएकाे थियाे । अब अर्काे खेलमा भारतले १३ जुलाईमा दक्षिण काेरियासँग खेल्ने छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया