एसीसी इस्टर्न रिजन यू १९ क्रिकेट : मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

 असार २३, २०७६ सोमबार ११:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । मेलेसियाको किनरारा ओभल मैदानमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा भीम सार्की र रोहित कुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट रहँदा रोहित ३१ रनमा नट आउट रहे । पवन शर्राफ १८ रनमा आउट हुँदा रित गौतम ३ रनमा पेभेलियन फर्किए । खडक बोहराले भने खाता खोलल्न सकेनन् । मलेसियका हकिल मोहमदले २ विकेट लिए ।

त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

नेपालको सानदार बलिङ आक्रमण समूह मलेसियाका ब्याट्सम्यानहरुले सुस्त प्रदर्शन गर्न बाध्य भएका थिए । उनीहरुले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन् । मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । तेस्रो नम्बरमा मुहम्मद अमिरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वाधिक व्यक्तिगत स्कोर हो ।

वान अमिरुल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए । नेपाल प्रतियोगिताको साविक विजेता हो ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए । ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका कुशल मल्लले २ विकेट लिए । रसिद खान र तिलकराज भण्डारीले पनि एक एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया