राखेपका नवनियुक्त सदस्य सचिव सिलवालले लिए सपथ

 असार २३, २०७६ सोमबार १६:१०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वर्माले सिलवाललाई साेमबारदेखि लागु हुने गरी सदस्य सचिवमा नियुक्त गर्नु भएकाे हाे । मन्त्रालयमा आयोजित कार्यक्रममा सिलवालले पद तथा गोपनियताको सपथ लिनु भएकाे हाे । उहाँलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराउनु भएकाे हाे ।

गएकाे असार ९ गते तत्कालीन सदस्यसचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्य सचिवविहीन बनेको थियो । सिलवालले साेमबार  नै त्रिपुरेश्वरमा पदवहाली पनि गर्ने कार्यक्रम रहेकाे छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया