एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : उपाधि जित्न नेपाललाई ९६ रनको सामान्य लक्ष्य

 असार २४, २०७६ मंगलबार ११:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्न नेपाललाई हङकङले ९६ रनको चुनौती दिएको छ । टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङका व्याट्सम्यानहरु नेपाली बलरसामु खुलेर खेल्न सकेनन् ।

हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रनमात्रै बनाउन सक्यो । नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाउन सफल भए । पहिलो ओभरमै मेडन विकेट लिएका सागरले ५ विकेट लिए । 

पहिलो र दोस्रो विकेटको साझेदारी सागरले शून्य रनमै तोडेका थिए । तेस्रो विकेटका लागि भने हङकङले २९ रनको साझेदारी गरेको थियो । अदित गोररा र कालन मार्क चालुले यो साझेदारी गरेका थिए । तर चालुलाई टिमको स्कोर २९ रन हुँदा सागरले नै व्यक्तिगत तेस्रो सिकार गरे । चालु जम्मा १९ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गर्दै नेपाली फिल्डरमाथि दवाव बनाउने प्रयास गरेका थिए । 

त्यसपछि चौथो विकेटको साझेदारी पनि शून्यमै तोडियो । चौथो विकेटको रुपमा सागरले आरुस भागवतलाई खाता खोल्न नदिइ पेभेलियनको बाटो देखाए । 

पाँचौं विकेटको रुपमा अदित गरोरा र मेहरनकाबीचमा १८ रनको साझेदारी भयो । यो साझेदारीलाई पनि सागरले नै तोडे । उनले मेहरनलाई आउट गरेका हुन् । सुरुका पाँचै विकेट सागरको नाममा रह्यो ।

छैटौँ विकेट भने तिलकराज भण्डारीले लिएका थिए । भण्डारीले व्यक्तिगत पहिलो भए पनि टिमका लागि भने छैटौँ सफलता थियो ।

अरोरा हङकङबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनी सर्वाधिक २४ रन बनाएका बेला भण्डारीको बलमा कप्तान रोहितको हातबाट क्याच आउट भए ।

टिमका लागि सातौं सफता कमलसिंह ऐरीले दिलाए । उनले मोहम्मद हसन खानलाई आउट गरेका हुन् । आठौं सफलता पनि ऐरीकै नाममा रह्यो । हङकङको स्कोर ७० रन हुँदा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट खर्चिएको थियो ।

अन्तिममा मोहम्मद हसन र  अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङको टिम ९५ रनमा पुगेको थियो । नेपालका सागर ढकालले ५ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक–एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया