एसीसी यू–१९ इस्टर्न रिजन जितेको नेपाली टोली आज स्वदेश फर्कँदै

 असार २५, २०७६ बुधबार ८:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि विजेता नेपाली टोली बुधबार स्वदेश फिर्ता हुने भएको छ । तर नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ भने नेपाल आउने छैनन् ।

सिनियर टिमका पनि सदस्य रहेका रोहित र पवनले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने छन् । पारस खड्काको कप्तानीमा रहेको सिनियर टिम पनि मंगलबार अभ्यासका लागि मलेसिया पुगेको छ । त्यहाँ नेपाली टिमले मलेसियासँग २ वटा टी–२० खेल्ने र २० तारिखमा मात्रै सिंगापुर जाने तयारी गरेको छ ।

यू १९ एसिया कपमा छनोट भएको नेपाली टिमका बाँकी सदस्यहरु आज राति नेपाल आइपुग्ने छन् । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाली युव टिमले श्रीलंकामा अगस्टमा हुने एसिया कप यू–१९ क्रिकेटमा स्थान पक्का गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया