पोग्बाले टिममा अहिलेसम्म कुनै समस्या दिएका छैनन्: प्रशिक्षक गुनर

 असार २५, २०७६ बुधबार १७:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्कायरले पाउल पोग्बाले टिममा अहिलेसम्म कुनै समस्या नदिएको बताएका छन् । तर उनले क्लबको एजेन्डा फ्रेन्च मिडफिल्डरको विरुद्धमा रहेको बताए ।

पोग्बाका एजेन्ट मिनो राइओलाले २६ वर्षे खेलाडी पाेग्बाले म्यान्चेष्टर युनाइटेड छोड्न चाहेको बताइरहँदा सोल्स्कायरले भने अहिलेसम्म पोग्बाका लागि कुनै प्रस्ताव नआएको बताए ।

प्रि-सिजन टुरका लागि पोग्बा अहिले अष्ट्रेलियामा छन् । अष्ट्रेलियाको पर्थमा रहेका पोग्बा र जेसे लिंगार्टबीच झगडा भएको भिडियो सार्वजनिक भएपछि सोल्स्कायरले त्यस घटनाको ढाकछोप गरेका छन् । ‘क्लबको एजेन्डा पउलको विरुद्धमा छ । तर, उनी ‘प्रोफेसनल’ छन् ।

‘उ क्लबका लागि कहिले पनि समस्या बनेन,’ सोल्स्कायरले भने, ‘पउलले कहिले पनि आफूलाई टिमभन्दा बाहिर सोचेको छैन । एजेन्टले भनेको कुरामा विश्वास नगर्दा हुन्छ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया