जोम्याटोको एक ट्वीटमा रमाइलो प्रतिक्रियाको ओइरो

 असार २५, २०७६ बुधबार २०:२२:५६ | एजेन्सी
unn.prixa.net

भारतको अनलाइन फूड डेलिभरी एप 'जोम्याटो' ले गएको तीन जुलाईमा एउटा ट्वीट गरेको थियो । 

ट्वीट गर्दै 'जोम्याटो' ले भनेको थियो, ‘साथीहरु, कहिलेकाहीँ घरको खाना पनि खानुपर्छ ।’ यो ट्वीटमा कैयौँ प्रतिक्रिया आए र केही समयमा नै २० हजार बढी लाइक पनि आयो । 

'जोम्याटो' ले गरेको यो ट्वीटलाई हजार जनाभन्दा बढीले प्रतिक्रिया दिएका छन् र अहिलेसम्म झण्डै चार हजार बढीले रिट्वीट गरिसकेका छन् । 'जोम्याटो' को यो ट्वीटमा मानिसहरुले यस्ता प्रतिक्रिया दिएका छन्, जसलाई पढेर प्रयोगकर्ताहरु राेमाञ्चित भए । यस्ता थिए प्रतिक्रियाहरु:

'जोम्याटो' को ट्वीटमा मोविक्विकले प्रतिक्रिया दिँदै लेखेको थियो, ‘कहिलेकाहीँ लाइन बसेर बिजुलीको बिल तिर्नुपर्छ ।’

'यूट्यूब इण्डिया' ले प्रतिक्रिया दिएको छ, ‘साथीहरु, कहिलेकाहीँ रातको तीन बजे मोवाइल फोन साइडमा राखेर सुत्नुपर्छ ।’

'अमेजन प्राइम भिडियोे' ले लेखेको छ, ‘कहिलेकाहीँ केबलमा पनि केही देख्नुपर्छ ।’

यात्रासम्बन्धी एप 'एक्सिगो' ले भनेको छ, ‘साथीहरु, कहिलेकाहीँ घरमा पनि बस्नुपर्छ ।’

फूड एप 'फासोस' ले लेखेको छ, ‘साथीहरु, कहिलेकाहीँ आफैँले खाना बनाउनुपर्छ ।’

'ह्याभ मोर' आइसक्रिमले प्रतिक्रिया दिएको छ, ‘कहिलेकाहीँ मिठोमा मिठाइ पनि खानुपर्छ ।’

'डाबर हजमोला' ले भनेको छ, ‘साथीहरु, कहिलेकाहीँ कुरा पनि पचाउनु पर्छ ।’

'भाइरल फेभर' ले लेखेको छ, ‘साथीहरु, कहिलेकाहीँ घरमा पनि टिभी हेर्नुपर्छ ।’

'क्याशकरो डटकम' ले प्रतिक्रिया दिएको छ, ‘कहिलेकाहीँ क्याशब्याक बिना पनि सपिङ गर्नुपर्छ ।’

अन्त्यमा यो प्रतिक्रियाको सिलसिला रोक्न 'जोम्याटो' ले सबै ट्वीटलाई जोडेर तस्बिर राख्दै ट्वीट गर्यो, ‘साथीहरु, कहिलेकाहीँ आफैँले राम्रो ट्वीट सोच्नुपर्छ ।’

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया