ग्रिजमन बार्सिलोनामा अनुबन्ध, नेइमारकाे सम्भावना समाप्त

 असार २७, २०७६ शुक्रबार २०:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनकाे क्लब बार्सिलोनाले स्टार खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गरेको छ ।

एट्लेटिको मड्रिडबाट बार्साले उनलाई एक सय आठ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । पछिल्लो दुई सिजनदेखि क्लबमा भित्र्याउने तरखर गरे पनि सफल नभएको बार्सिलोनाले अन्ततः ग्रिजमनलाई महंगो रकममा अनुबन्ध गरेको छ । हाल स्पेनको इबिजामा छुट्टि मनाइरहेका उनले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गरेको बताइएको छ । जसमा उनले सात सय १७ मिलियन पाउण्ड रकम पाउनेछन । 

२८ वर्षे ग्रिजमनले अब विश्वका उत्कृष्ट खेलाडीको जमघट रहेको बार्सिलोनामा लियोनल मेस्सी र लुइस स्वारेजसँग आफ्नो क्षमता  देखाउनुपर्नेछ । नयाँ सिजनको सुरुवातमा एट्लेटिको मड्रिड छोड्ने इच्छा व्यक्त गरेका उनलाई बार्सिलोनाले तुरुन्त सम्पर्क गरेको थियो । गएकाे सिजन पनि बार्सिलोनामा अनुबन्धका लागि निकै नजिक पुगेर अन्तिममा चुकेका उनलाई अनुबन्ध गर्न बार्सिलोनाले यो सिजन निकै कसरत गरेको थियो ।

ग्रिजमनलाई भित्र्याएपछि अब अर्का स्टार खेलाडी नेइमार क्याम्प नोउ फर्किने सम्भावना समाप्त भएको छ । ब्राजिलका खेलाडी नेइमार पछिल्लो पटक बार्सिलोना फर्कने भन्दै निकै चर्चा भएको थियो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया