भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
ट्युनिसियालाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ । अतिरिक्त समयमा ट्युनिसियाका डिफेन्डर दिलान ब्रोनले आफ्नै पोस्टमा गोल हान्दा सेनेगल फाइनलको यात्रा तय गर्न सफल भएको हो ।
नियमित समयमा दुबै टोलीले पेनाल्टीको अवसर पाएका थिए र दुबैको प्रहार विपक्षी गोलकिपरले बचाएका थिए । अतिरिक्त समयमा साडियो मानेको फ्रि-किक क्लीयर गर्न खोज्दा हेडर गर्दै ब्रोनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
पहिलो हाफमा सेनेगलले खेलमा दबाब बनाएको थियो । सेनेगलले पहिलो हाफमा कुल सातवटा सट ट्यूनिसियाको फ्रेममा हानेको थियो । मानेले एक पटक खुल्ला बललाई पनि गोलमा परिणत गर्न सकेनन् ।
दोस्रो हाफमा ट्युनिसियाले सुधारिएको खेल खेल्यो र पेनाल्टी पनि पायो । पेनाल्टीलाई सास्सीले फितलो रुपमा प्रहार गरे जसलाई सेनेगलका गोलकिपर अफ्रड गोमिसले सहज रुपमा बचाए । त्यसकाे चार मिनेटपछि सेनेगेलले पनि पेनाल्टी पायो । साइभेटको प्रहार पनि हसनले बचाएका थिए ।
उपाधिका लागि सेनेगलले अल्जेरिया र नाइजेरियाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।