खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको आलोचना पछिल्लो समय बढ्दै गएको छ ।
उनलाई अहिले क्रिकेटबाट सन्यास लिन सित्तैमा सल्लाह दिनेको भीड पनि धेरै छ । तर केही समर्थकहरु भने धोनीको पक्षमा रहँदै सन्यास लिन दबाब दिनुको साटो उनले भारतीय टिममा गरेको योगदानको कदर गर्दै अन्तिम निर्णय लिने अधिकार धोनीमाथि छाड्नु पर्नेमा जोड दिइरहेका छन् ।
धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गर्नुपर्ने सबै उपलब्धि हासिल गरेकाले उनले आफैँ सन्यास लिन दिनु पर्ने उनीहरुको तर्क रहेको हो ।
टाइम्स अफ इण्डियाका अनुसार इंग्ल्याण्ड विश्वकपमा उनको ब्याटिङका कारण पनि भारतीय टिम पराजित भएको आरोप लगाउँदै टिम छनोट समितिका संयोजक एमएसके प्रसादले धोनीलाई अब टिमबाट बाहिर राख्नु पर्ने संकेत गरेका थिए ।
एमएसके प्रसादका अनुसार धोनीको खेलबाट आफूहरु आश्चर्यमा परेको भन्दै धोनीको प्रदर्शन इतिहासमै कमजोर रहेको छ । धोनीबाट अब आक्रामक ब्याटिङ आशा गर्न नसकिने भएकाले अब युवा खेलाडीहरुलाई मौका दिनु पर्ने बेला आएको उनको भनाइ थियो ।
भारतले अब वेस्टइण्डिजविरुद्धको सिरिज खेल्दै छ । यो सिरिजका लागि शुक्रबार हुने टिम छनोटमा धोनी पर्ने सम्भावना एकदमै न्यून रहेको बीसीसीआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।