पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
अफ्रिका कप अफ नेशन्समा नाइजेरिया तेस्रो भएको छ । ट्युनिसियालाई १–० ले हराउँदै नाइजेरिया आठौं पटक तेस्रो भएको हो । अहिलेसम्म तेस्रो स्थानको कुनै पनि खेल नाइजेरियाले हारेको छैन ।
तीन पटकको च्याम्पियन नाइजेरियाई जित दिलाउनका लागि ओडिओन इघालोको एकमात्र गोल निर्णायक बनेको थियो । उनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता इघाओले रिबाउण्ड बलमा गोल गरेका थिए ।
ट्युनिसियाविरुद्धको गोलसँगै यो प्रतियोगितामा उनले आफ्नो गोल संख्या पाँच पुर्याएका छन् । प्रतियोगिताको उपाधिका लागि शुक्रबार राती सेनेगल र अल्जेरिया खेल्नेछन् ।