जिम्बावे क्रिकेटमाथि आईसीसीले लगायो प्रतिबन्ध

 साउन ३, २०७६ शुक्रबार ७:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ । क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको हो ।

लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावे क्रिकेटमाथि सबै अनुदानहरु रोकेको छ भने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ ।

‘खेललाई राजनीतिमा मुछेका कारण यो निर्णयमा पुगेका हौं,’ आईसीसीका अध्यक्ष शशांक मनोहरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘आईसीसीको विधानसँग बाझिने गतिविधि जिम्बावेमा भएको थियो, जसलाई हामी नजरन्दाज गर्न सक्दैनौं ।’

यसअघि जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएको थियो । बोर्डको प्रशासनमा अनियमितता तथा भ्रष्टाचार भएका कारण सरकारले यस्तो निर्णय गरेको थियो । तर, त्यसलाई आईसीसीले सरकारी हस्तक्षेप देख्यो ।

आईसीसीले जिम्बावे क्रिकेटका पदाधिकारीलाई यो मुद्धा तीन महिनाभित्र समाधान गर्नका लागि अल्टिमेटम दिएको छ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा हुनेछ र यो बैठकमा पुनरावलोकन गर्न सकिने बताइएको छ ।

आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने आईसीसीको मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई निष्कासन गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया