श्रीलंकाली क्रिकेट टिमका प्रशिक्षक हतुरुसिंघालाई बर्खास्त गर्न खेलकुद मन्त्रीकाे निर्देशन

 साउन ४, २०७६ शनिबार १६:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाली टिमका प्रशिक्षक चण्डिका हतुरुसिंघालाई बर्खास्त गर्न त्यहाँका खेलकुद मन्त्री हारिन फर्नान्डोले आदेश दिएका छन् ।

यो काम उनले विश्वकप अघि नै गर्न चाहे पनि त्यतिबेला गर्न सकेका थिएनन् । तर आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शनका कारण उनलाई हटाउने विषयमा मन्त्रीको इच्छा पूरा हुने भएको छ ।

श्रीलंकाले इंग्ल्याण्डमा खेलेका ९ मध्ये जम्मा ३ खेलमा मात्र जित हात पारेर समूह चरणबाट आउट भएको थियो । श्रीलंका क्रिकेट स्रोतका अनुसार प्रशिक्षक चन्द्रिका हतुरुसिंघा र उनका सहायकहरुलाई बंगलादेश सिरिजपछि हटाइनेछ । बंगलादेशको टिम २६ जुलाई देखि सुरु हुने सिरिज खेल्न शनिबार कोलम्बो पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया