च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आईसीसीको हालै सम्पन्न बैठकले क्रिकेटमा पनि फुटबलको जस्तै खेलाडी परिवर्तनकाे नियम लागू गर्ने भएको हाे।
यसअघि प्लेइङ सेट सार्वजनिक भइसकेपछि कुनै पनि खेलाडी परिवर्तन गर्न पाइँदैनथ्यो । जसका कारण खेलाडी खेल्दा खेल्दै घाइते भए पनि पुनः ब्याटिङ गर्नुपर्ने बाध्यता थियो ।
बलरका हकमा भने अर्को बलरले ओभर पुरा गर्न पाउँथ्यो । तर अब क्रिकेट खेल्दा खेल्दै गम्भीर घाइते भएमा प्रतियोगिताका लागि घोषणा गरिएको १४ सदस्यीय टिममा रहेका खेलाडीबाट परिवर्तन गर्न पाइने छ । फुटबलमा यदि खेलाडी घाइते भएमा उसको परिवर्तन गर्ने विकल्प हुन्छ ।
आईसीसीका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा जो खेलाडीलाई गम्भीर चोट लाग्छ, उसको ठाउँमा परिवर्तन गरिने छ । त्यो परिवर्तन गर्नुअघि मेडिकल टिमले प्रमाणित भने गर्नुपर्ने हुन्छ ।
परिवर्तन भएको खेलाडीले ब्याटिङ र बलिङ गर्न पाउने छ । अहिलेसम्म फिल्डरको रुपमा मात्रै खेलाडी परिवर्तन गर्ने नियम थियो । आईसीसीको यो नयाँ नियम इंग्ल्याण्ड र अस्ट्रेलियाबीच हुने एसेज सिरिजदेखि लागू हुनेछ ।
खेलाडी परिवर्तन गर्दा ब्याट्सम्यान घाइते भएमा ब्याट्सम्यान नै ल्याउनु पर्नेछ । उसको ठाउँमा अरु बलर ल्याउन पाइने छैन । सन् २०१७ मा आईसीसीले यो नियम घरेलु क्रिकेटमा ट्रायलका रुपमा सुरु गरेको थियो ।
सन् २०१४ मा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान फिलिप ह्युजको प्रथम श्रेणीको क्रिकेट प्रतियाेगितामा निधन भएको थियो । टाउकोमा बल लागेर घाइते भएका उनको सोही कारणले निधन भयो । उनको निधनपछि आईसीसीलाई नयाँ नियम ल्याउन चौतर्फी दबाब दिइएको थियो । यो नियमको क्रिकेट टिमहरुले पनि स्वागत गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।