च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
फिलिपिन्सका बक्सर म्यान्नी प्याकियोले ४० वर्षको उमेरमा डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि जितेका छन् । लास भेगासमा भएको प्रतिस्पर्धामा केइथ थुरमनलाई अंकका आधारमा पराजित गर्दै प्याकियोले उपाधि जतेका हुन् ।
वेल्टरवेटका थुरमनले यसअघि कुनै पनि फाइट हारेका थिएनन् । उनले यसअघिका २९ वटा फाइट लगातार जितेका थिए । प्याकियोले थुरमनलाई पहिलो राउण्डमै ढलाएका थिए । तर, खेल पूरा समयसम्म चलेको थियो ।
दुई जना निर्णायकले प्याकियोको पक्षमा ११५-११२ अंक दिएका थिए । एक जना निर्णायकले प्याकियोलाई ११३ अंक दिए भने थुरमनलाई ११४ अंक दिएका थिए ।
आठ ओटा तौल समूहमा च्याम्पियन बनिसकेका प्याकियोको करियरमा यो ७१ औं फाइट थियो । जसमा उनले सात खेलमा मात्र पराजय भोगेका छन् । चारवटा पराजय उनले पछिल्लो एघार खेलमा ब्यहोरेका थिए ।
फिलिपिन्सका सिनेटरसमेत रहेका प्याकियोले अब बेलायतका अमिर खानसँग प्रतिस्पर्धा गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।