अष्ट्रेलियालाई हराउँदै पाकिस्तानले जित्यो त्रिदेशीय क्रिकेटको उपाधि

 असार २५, २०७५ सोमबार ७:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बाबे र अष्ट्रेलियासहितको त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटको उपाधि  पाकिस्तानले जितेको छ । आइतबार हरारेमा भएको फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो ।

 १ यय ८४ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ४ बल बाँकी हुँदै ४ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन फकार जमानले ९१ र सोइब मलिकले नटआउट ४३ रन बनाए । फकारले ४६ बलमा १२ चौका र ३ छक्का र सोइबले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलयाले २० अ‍ोभरमा ८ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । अष्ट्रेलियाका डे आर्कि श्रोटले ७६ रन बनाएका थिए । उनले ५३ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, आरोन फिन्चले २७ बलमा ४७ रनको योगदान गरे पनि अष्ट्रेलियाको जितका लागि त्यो पर्याप्त भएन । पाकिस्तानका मोहम्मद आमीरले ३ विकेट लिए । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया