च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
चेल्सी प्रशिक्षकका रुपमा फ्राङ्क लाम्पार्डले पहिलो जित हात पारेका छन् । ट्यामी अब्राहम र रोस बारक्लेले गोल गरेपछि चेल्सीले प्रिसिजन फ्रेण्ड्लीमा बार्सिलोनालाई २–१ ले हरायो ।
जापानमा भएको खेलमा अब्राहमले पहिलो हाफमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । बार्सिलोना डिफेन्सको गल्तिको फाइदा उठाउँदै ३४औं मिनेटमा अब्राहमले गोल गरे । ८१औं मिनेटमा रोस बारक्लेले गोल गर्दै चेल्सीलाई २–०को अग्रता दिलाए ।
दोस्रो हाफको इन्ज्युरी समयमा बार्सिलोनाका लागि इभान राकिटिचले गोल गरे । त्यसपछि गोल हुन सकेन र चेल्सीले लाम्पार्डको प्रशिक्षणमा पहिलो जित हात पारेको हो । यसअघि चेल्सीले जापानमा घरेलु टिम कावासिकी फ्रन्टेलसँग १–० को हार ब्यहोरेको थियो ।
बार्सिलोनाका लागि नयाँ स्टार खेलाडी एन्टोइन ग्रिजम्यानले डेब्यु गरेका थिए । खेलमा बार्सिलोनाबाट बिदा हुने तयारीमा रहेका डेम्बेलेसँग उनको कम्बिनेसन निकै राम्रो देखिएको थियो ।
मिडफिल्डमा राम्रो कम्बिनेसन गरेपनि ग्रिजम्यानले चेल्सीका गोलकिपर केपालाई कुनै दबाब दिन सकेनन् ।
यता फ्राङ्क लाम्पार्डले २० वर्षे अमेरिकी खेलाडी क्रिष्टियन पुलिसिचलाई पहिलो एघारमै मौका दिएका थिए । पुलिसिचले राम्रो प्रदर्शन गरे । चेल्सीका सबै युवा खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।
चेल्सीको जर्सी नम्बर ९ मा पहिलो पटक देखिएका अब्राहले सुरुवातमै एउटा राम्रो मौका गुमाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।