विश्वकप छनोट : मलेसियाविरुद्धको खेलमा नेपालको कप्तानी मल्लले सम्हाल्ने, वर्षा बन्यो बाधक

 साउन ८, २०७६ बुधबार ७:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कतारविरुद्धको खेलमा घाइते हुन पुगेका नेपालका कप्तान पारस खड्का मलेसियाविरुद्धको खेलमा नखेल्ने भएका छन् । पारसको अनुपस्थितिमा नेपालको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।

मंगलबार पहिलो बलबाटै घाइते भएका पारसले दोस्रो इनिङमा बेन्चमा बसे ।

मंगलबार साँझ उनले चिकित्सकसँग उपचार तथा परामर्श लिएका थिए । मंगलबारकोभन्दा धेरै ठीक भएको छ । तर, पूर्ण रुपमा फिट भइनसकेकाले बुधबारको खेलमा उनलाई आराम दिइएको छ ।

बुधबारको म्याचमा वर्षा हुने सम्भावना छ । नेपाललाई बाँकी तीनवटै खेल जित्नु पर्ने दबाब छ । तर, नेपाल र मलेसियाबीचको म्याचको पूरै समय वर्षा हुने सम्भावना छ ।

सिंगापुरस्थित इण्डियन एसोसियसन क्रिकेट मैदानमा पानी परिरहेको छ । बुधबारको म्याचबाट नेपालले दुई अंक नजितेको खण्डमा ग्लोबल क्वालिफायरमा नपुग्ने सम्भावना चुलिनेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया