विश्वकप एसिया छनोट क्रिकेट : नेपालको दुई कीर्तिमान

 साउन ८, २०७६ बुधबार ११:२०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका क्रममा नेपालको दुई कीर्तिमान बनेको छ । 

पारस खड्काको अनुपस्थितिमा नेपालको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले थोरै बलमा अर्धशतक बनाउने विनोद भण्डारीको कीर्तिमान आफ्नो नाममा सारेका हुन् । 

ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन प्रहार गरे । यसअघि मलेसियाविरुद्धको शृंखलाका क्रममा विनोद भण्डारीले २५ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान राखेका थिए ।

त्यस्तै, पहिलो विकेटका लागि ज्ञानेन्द्रले प्रदीप ऐरीसँग गरेको ६६ रनको साझेदारी पनि ट्वान्टी२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक साझेदारी हो । यसअघि कतारविरुद्धको खेलमा पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया