वर्ल्डलिंकको हरेक टीभीमा यूट्युब अफर

 साउन १०, २०७६ शुक्रबार ७:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्टरनेट सेवाप्रदायक कम्पनी  वर्ल्डलिंकले अब हरेक टीभीमा यूट्युब नामक अफर ल्याएको छ । यसअनुसार उपभोक्तालाई ठूलो पर्दामा यूट्युब हेर्ने अवसर प्राप्त हुने  वर्ल्डलिंकले जनाएको छ ।

कुनै पनि टिभीको ठूलो पर्दामा यूट्युब हेर्नेहरुको इच्छालाई ध्यानमा राख्दै कम्पनीले यस्तो अफर ल्याएको हो । यसअन्तर्गत वर्ल्डलिंका नेटटीभीको प्रयोगकर्ताहरुले अब आफ्नो टीभीमार्फत नै साथीभाइ वा सपरिवारसँग यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने कम्पनीले छ ।

कम्पनीका अनुसार यो सुविधा स्मार्ट टीभीसँगै ननस्मार्ट वा सीआरटी टीभीमा पनि उपलब्ध छ । हाल नेटटीभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरुसँगै उत्कृष्ट तहको टीभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटीभी प्रयोगकर्ताहरुले नियमित टीभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मन पर्ने कन्टेन्टहरु कुनै बाधा एवं झण्झट बिना नै यूट्युबमार्फत हेर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधा प्रयोगकर्ताहरुले युट्यूब स्व्रिmनलाई आफ्नै स्मार्टफोनबाट टीभीमा कास्ट गर्न सक्नेछन् ।

साथै नेटटीभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो अफर देशभर रहेका वर्ल्डलिंका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि उपलब्ध रहेको छ ।

पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटीभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखामा सम्पर्क गर्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया