पाकिस्तानी तीव्र गतिका बलर आमिरले लिए टेस्ट क्रिकेटबाट सन्यास

 साउन १०, २०७६ शुक्रबार १७:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी क्रिकेट टिमका बायाँ हाते तीव्र गतिका बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

आमिरले अब सीमित ओभरको क्रिकेटमा मात्रै ध्यान दिने बताएका छन् । टेस्टबाट सन्यास लिएसँगै उनले एकदिवसीय र टी-२० क्रिकेट मात्र खेल्ने बताइएको छ । यसैगरी उनले फ्रेन्चाइज लिग भने खेल्ने प्रष्ट पारेका छन् । 

आमिरले सन्यासका विषयमा भनेका छन्, ‘पाकिस्तानी क्रिकेट टिमबाट खेल्न पाउनु मेरो लागि ठूलो कुरा हो, तर मैले क्रिकेटको लामो संस्करण अर्थात् टेस्टबाट बाहिर जाने निर्णय गरेको छु, यसले पक्कै पनि सीमित ओभरको खेलका लागि फाइदा पुग्ने छ ।’

सन् २००९ मा श्रीलंकाविरुद्ध १७ वर्षको उमेरमा टेस्ट क्रिकेटमा डेब्यू गरेका आमिरले ३६ टेस्टमा ११९ विकेट लिएका छन् । उनको सर्वाधिक सफल बलिङ रेकर्ड ४४ रन दिएर ६ विकेट लिनु हो । उनले पाकिस्तानी टिमलाई टेस्टमा ब्याटिङ गरेर पनि योगदान गरेका छन् । ७५१ रन बनाएका आमिरको सर्वाधिक स्कोर ४८ रन हो । 

आमिरको टेस्ट करियर भने विवादित नै रह्यो । म्याच फिक्सिङका कारण उनी ७ वर्षको प्रतिबन्धमा समेत परेका थिए । प्रतिबन्ध पूरा भएपछि पनि टिममा समावेश गर्ने विषयमा पाकिस्तानकै अरु सिनियर खेलाडीले आपत्ति पनि जनाएका थिए ।

तर टिममा पर्दै हालै भएको विश्वकपमा समेत उनले सानदार प्रदर्शन गरे । अस्ट्रेलियाविरुद्ध आमिरले सर्वाधिक ५ विकेट लिएका थिए । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया