विश्वकप एसिया छनोट : कुवेतविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो

 साउन ११, २०७६ शनिबार ७:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

आईसीसी टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल नेपाली समयअनुसार सवा ७ बजेदेखि सुरु हुनेछ ।

शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ ।

हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।

यता नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा रहेका छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहनेछ ।

नेपाल र कुवेत अन्तिम पटक टी–२० मा २०११ को एसीसी टी २० कपमा खेलेका थिए । जसमा नेपालले एक रनले जित निकालेको थियो । त्यसअघि नेपाल र कुवेत २००९ मा यही प्रतियोगितामा खेल्दा बराबरी भएको थियो ।

आजको खेलमा कप्तान पारस खड्का टिममा फर्किएका छन् । इन्ज्युरीका कारण पहिलो खेलको दोस्रो इनिङ र दोस्रो खेल गुमाएका पारस खड्का फिट भएका छन् । आजको खेलमा प्रदीप ऐरीलाई आराम दिइएको छ ।

प्लेइङ ११

पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, दिपेन्द्र ऐरी, रोहित पौडेल, बसन्त रेग्मी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, करण केसी, सोमपाल कामी

लाइभ हेर्नुहाेस्

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया