विश्वकप एसिया छनोट : करणले लिए कुवेतकाे पहिलाे विकेट

 साउन ११, २०७६ शनिबार ७:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै करण केसीले सफलता दिलाएका छन् । आफ्नो स्पेलको पहिलो बलमै उनले कुवेतका मीत भाव्सरलाई विकेटकीपर विनोद भण्डारीबाट क्याचआउट गराएका हुन् ।

ताजा अवस्थामा कुवेतले ३ ओभरको समाप्तिमा एक विकेट गुमाएर १७ रन बनाएको छ ।

शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ ।

हाल अंकतालिकाको दोस्रो स्थानमा रहेको कुवेत नेपालभन्दा वरीयतामा तल रहेको टिम हो । ८ वर्षपछि टी–२० क्रिकेटमा खेल्न लागेका यी दुई टिममा यो खेल जितेमा कुवेतको पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम रहनेछ । त्यसैले पनि उसले नेपालविरुद्ध जितको लक्ष्य लिएर नै मैदानमा उत्रनेछ ।

यता नेपालका लागि अब सबै खेल गर या मरको अवस्थामा रहेका छन् । शनिबार कुवेतविरुद्ध हारेमा नेपालको विश्वकप खेल्ने सपना अधुरो रहनेछ ।

नेपाल र कुवेत अन्तिम पटक टी–२० मा २०११ को एसीसी टी-२० कपमा खेलेका थिए । जसमा नेपालले एक रनले जित निकालेको थियो । त्यसअघि नेपाल र कुवेत २००९ मा यही प्रतियोगितामा खेल्दा बराबरी भएको थियो ।

लाइभ हेर्नुहाेस्

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया