विश्वकप एसिया छनोट : कुवेतकाे ५ विकेट गयाे, सन्दीप र बसन्तले लिए २-२ विकेट

 साउन ११, २०७६ शनिबार ८:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टि–२० विश्वकप छनोटमा नेपाल अहिले कुवेतविरुद्ध खेल्दैछ । नेपालले कुवेतको पाँच विकेट लिएको छ ।

नेपालका लागि ९औँ ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिए । उनले नवौँ ओभरको तेस्रो बलमा बिलाल ताहिरलाई कप्तान पारस खड्काको हातबाट क्याच गराए । त्यस्तै नवौँ ओभरको अन्तिम बलमा उस्मान वाहीदलाई एलबीडब्ल्यू आउट गराए ।

त्यस्तै छैटौं ओभरमा बसन्त रेग्मीले दुई विकेट लिएका छन् । छैटौं ओभरको पहिलो बलमा बसन्तले सान्दरुवानलाई बोल्ड गरेका थिए । आउट हुनुपूर्व उनले १५ रन बनाएका थिए ।

त्यसपछि छैटौं बलमा बसन्तले अद्नान इद्रीसललाई क्याच आउट गराएका थिए । इद्रीसले १४ बलमा २५ रनको आक्रामक पारी खेलेका थिए । उनले पाँच चौका प्रहार गरेका थिए ।

यसअघि पहिलो विकेट करण केसीले लिएका थिए । ओपनर मीत भब्सारलाई करण केसीले क्याचआउट गराए । विकेट किपर विनोद भण्डारीले क्याच गरेका थिए ।

ताजा अवस्थामा कुवेतले ११ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ ।

शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । यस्तै अवस्थामा नेपाली टिमको पहिलो लक्ष्य कुवेतविरुद्धको खेलमा जित निकाल्ने रहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया