च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आउँदो अगष्ट १ तारिखदेखि विश्व टेस्ट क्रिकेट च्याम्पियनिसप सुरु हुने भएको छ । आईसीसीले इंग्ल्याण्ड र अस्ट्रेलियाबीच सुरु हुने एसेज शृंखलालाई च्याम्पियनसिपको शुरुवात खेलको रुपमा घोषणा गरेको हो ।
पछिल्लो समय सीमित ओभरको क्रिकेटले चर्चा बटुलेका बेला टेस्ट क्रिकेटलाई जोगाउन पनि आईसीसीले यो च्याम्पियनसिप गराउन लागेको हो । अगष्ट १ तारिखबाट सुरु हुने टेस्ट क्रिकेट च्याम्पियनसिपको फाइनल भने सन् २०२१ मा इंग्ल्याण्डमा हुनेछ ।
पहिलो पटक सुरु हुन लागेको टेस्ट च्याम्पियनसिपमा ९ टिमको सहभागिता रहेको छ । ९ टिमले ६ वटा सिरिज खेल्नु पर्नेछ र त्यसका आधारमा शीर्ष दुई टिमबीच फाइनल हुनेछ । टेस्ट वरियतामा रहे पनि भारत र पाकिस्तानले भने सिरिज खेल्ने छैनन् ।
आईसीसीले टेस्ट च्याम्पियनिसप सञ्चालन गर्ने भनेर सन् २०१० मा स्वीकृति दिएको थियो । तर सन् २०१३ मा सुरुवात गर्ने भनिए पनि सुरु हुन सकेन । तर अब अगष्ट १ तारिखदेखि सुरु हुन लागेको छ ।
अहिले १२ वटा देशले टेस्ट खेल्ने गरेको भए पनि यो च्याम्पियनसिपमा ९ टिमले मात्र भाग लिन पाउने छन् । आएरल्याण्ड र अफगानिस्तानले यसमा प्रतिस्पर्धा गर्ने छैनन् भने जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएकाले ऊ पनि प्रतियोगितामा सामेल हुनेछैन ।
९ टिमले ६ सिरिज मध्ये ३ वटा सिरिज आफ्नै देशमा र ३ वटा सिरिज विदेशी भूमिमा खेल्नु पर्नेछ । टेस्ट च्याम्पियनसिपको फाइनल सन् २०२१ को जुनमा हुनेछ ।
एउटा सिरिज बराबर १२० अंक तोकिएको छ । जसबाट २ वर्षका बीचमा एउटा टिमले सर्वाधिक ७२० अंकसम्म ल्याउने छ । पाँच टेस्टको सिरिज छ भने एक खेल बराबर २४, चार टेस्टको सिरिज छ भने ३०, दुई टेस्टको सिरिज भए एक खेल बराबर ६० अंक हुनेछ । यसरी शीर्ष दुई टिमका बीचमा फाइनल हुनेछ ।
हालै सम्पन्न आईसीसी विश्वकप जस्तै फाइनल बराबर भएमा सुपर ओभरको प्रावधान राखिने छैन । त्यतिबेला समूह चरणको नतिजाका आधारमा विजेता घोषणा गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।