एशेज शृंखलाका लागि इंग्ल्याण्डकाे टाेली घोषणा

 साउन ११, २०७६ शनिबार १७:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध हुन लागेको एशेज शृंखलाका लागि टिम घोषणा गरेको छ ।

पहिलो टेस्टका लागि १४ सदस्यीय टिममा जोफ्रा आर्चरले पहिलो पटक टेस्टमा स्थान बनाएका छन् । हालै भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका आर्चरलाई टेस्टमा पनि मौका दिइएको हो । यस्ते बेन स्टोक्सलाई इंग्ल्याण्ड टिमको उप कप्तान बनाइएको छ ।

यसअघि पनि उप कप्तान भएका स्टोक्स त्यसबाट हटाइएका थिए । विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेकै कारण उनलाई दोस्रो पटक उप कप्तान बनाइएको हो  ।
एशेज अगस्ट १ तारिखमा बर्मिङघममा सुरु हुनेछ । जो रुटको कप्तानीमा सार्वजनिक गरिएको १४ सदस्यीय टोलीमा सिनियर बलर जेम्स एन्डरसन र स्टुआर्ट ब्राेडका साथै आर्चर र साम कर्रन पनि रहेका छन् । 

यस्तै अलराउण्डर क्रिस बोक्स, स्टोक्सका साथै मोइन अली र ओली स्टोन पनि टिममा परेका छन् । आयरल्याण्डविरुद्ध डेव्यु गरेका जेसन रोयले पनि           एशेजमा स्थान पाएका छन् ।

ब्याट्सम्यानको रुपमा रोय, रुटका साथै जोनी बेयरस्टो, रोरी बन्र्स, जोस बटलर र जो डेन्ली रहेका छन् ।

यस्ताे छ टिम

जो रुट-कप्तान, मोइन अलि, जेम्स एन्डरसन, जोफ्रा आर्चर, जोनी बेयरस्टो-विकेटकिपर, जस बटलर, स्टुआर्ट ब्रोड, रोरी बर्न्स, साम कर्नर, जो डेन्ली, जेसन रोय, बेन स्टोक्स- उप कप्तान, अल्लीस्टोन, क्रिस वोक्स ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया