च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आईसीसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर नेपाल ग्लोबल क्वालिफायरमा पुगेन । सिंगापुर र नेपालबीचको खेल नै यो प्रतियोगिताको अन्तिम खेल थियो । नेपाललाई जित्नै पर्ने दबाब रहेको खेलमा सिंगापुर विजयी हुँदै ग्लोबल क्वालिफायरमा पुग्यो ।
प्रतियोगिता सकिएपछि समापन समारोहमा नेपालले अर्को लज्जा बोध गर्नु पर्यो । सिंगापुर क्रिकेट एसोसियसनले नेपाललाई उपविजेताको पदक लगाइदिसकेपछि कतारका पदाधिकारीले विरोध गरेका छन् ।
नेपाली टिमका सदस्यलाई पनि नेपाल के भयो भन्ने जानकारी थिएन । यो जानकारी आयोजकले नराख्दा सानो विवाद समेत भयो ।
रन रेटमा नेपालभन्दा कतार अघि रहेको अवस्थामा किन नेपाललाई उपविजेताको पदक दिइयो भन्ने प्रश्न गरेपछि आयोजक पनि झसङ्गै भयो । त्यसपछि कतारलाई उपविजेता घोषणा गरियो ।
नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली सदस्यबाट मेडल बटुलेर आयोजकलाई दिएका थिए । आयोजकले यो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।