स्कुल विभागमा सहमति नजुट्दा फेरि सर्‍याे नेकपाको सचिवालय बैठक

 साउन १२, २०७६ आइतबार १२:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ ।

दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसक्दा बैठक भोली दिउँसो ३ बजेका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् ।

अन्य विभागको जिम्मेवारी लगभग टुँगो लागे पनि स्कुल विभागका आकांक्षी धेरै भएको तथा पूर्व एमाले वा पूर्व माओवादी कुन पक्षलाई संयोजक बनाउने भन्नेमा नेताहरुबिच सहमति हुन सकेको छैन ।

स्कुल विभाग प्रमुखमा नेताहरु नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाललगायतले दाबी गर्दै आएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Amar Bahadur Gharti

    July 28, 2019, 12:25 p.m.

    चारैजना लाईं अध्यक्ष बनाएर आलो पालो गरेर चलाउ,

  •  0 Reply

तपाईको प्रतिक्रिया