नेपाल-भारत पारवहन सहजीकरण सरकारकाे उच्च प्राथमिकतामा छ: प्रधानमन्त्री ओली

 साउन १२, २०७६ आइतबार १६:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । 

उहाँले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताउनु भयो । आइतबारबाट काठमाण्डाैमा सुरु भएको ‘नेपाल-भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उहाँले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारत नै भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउन पनि जोड दिनुभयो । उहाँले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताउनु भयाे ।दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई देशबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया