च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - मलेसियामा आयोजना हुने युथ फुटबल एण्ड लिडरसिप क्याम्पमा सहभागी हुन २० सदस्यीय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ ।
एसियाली फुटबल महासंघको सहयोग तथा शेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडीलाई मलेसिया लगिएको हो । मलेसिया जाने टिममा छात्र र छात्रा तर्फ ९–९ खेलाडी भने टोलीको नेतृत्व तथा व्यवस्थापन शेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओली र प्रियंका बस्नेतले गरेका छन् ।
साेमबारदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभूत कुराहरु सिकाइनेछ । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, व्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागी गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल पनि खेल्नेछ ।
शेल्टर आश्रय अनाथ तथा आश्रय विहिन बालबालिकाको पढाइ, बसोबासको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकालाई सहभागी गराएर शेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग सफलतापूर्वक आयोजना गरिसकेको छ ।
अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरुले रुसको मस्कोमा आयोजना भएको स्ट्रीट चाइल्ड वर्ल्डकपमा सहभागिता जनाउने मौका पाएका थिए । यो संस्करणमा उत्कृष्ट हुने टिमले मलेसियामा जाने अवसर पाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।