च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
दोलखा - दोलखाको शैलुङमा नेपाल तेक्वान्दो संघले हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउने भएको छ ।
मंगलबार शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाबीच जग्गा भोगचलन सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार गाउँपालिकाले ट्रेनिङ सेन्टरका लागि पाँच रोपनी क्षेत्रफलको जग्गा तेक्वान्दो संघलाई उपलब्ध गराएको छ ।
नेपाल हाई अल्टिच्युड ट्रेनिङका लागि उपयुक्त गन्तव्य हुनसक्ने र उच्च स्थानमा प्रशिक्षण स्थल बनाउने चर्चा भइरहँदा नेपाल तेक्वान्दो संघले दोस्रो चरणको काम सकाएको छ ।
संघले दुई हजार आठ सयभन्दा माथिको उचाइमा रहेकाे ट्रेनिङ सेन्टर निर्माण सुरु भएको तीन वर्षमा पूरा गर्ने लक्ष्य लिएको छ भने निर्माणका लागि सातओटा चरणहरु वर्गीकरण गरिएको छ । जसमा पहिलो र दोस्रो चरण सकिँदा जग्गा अधिग्रहणको काम सकिएको छ ।
तेक्वान्दो संघका महासचिव दीप राज गुरुङले अब वर्षाको मौसम सकिनेबित्तिकै काम सुरु गर्ने र ३ वर्षभित्र ट्रेनिङ सेन्टर बनाइसक्ने बताउनुभयाे।
‘जग्गा प्राप्त भएको छ। अब हामी विज्ञहरुलाई त्यहाँ लगेर अवलोकन गराएर गुरुयोजना तयार पार्छौँ,’ महासचिव गुरुङले भन्नुभयाे । एकेडेमी निर्माणका लागि बजेट पनि गुरुयोजना तयार भएसँगै निश्चित हुने उहाँको भनाइ छ ।
यो ट्रेनिङ सेन्टर तेक्वान्दोले मात्र नभइ अन्य खेलले पनि भोगचलन गर्नसक्ने संघले जनाएको छ । त्यहाँ विदेशीहरुलाई समेत प्रशिक्षण गर्नका लागि खुल्ला हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।