१३औँ सागकाे बन्द प्रशिक्षण बिहीबारदेखि : प्रतियाेगितास्थलकाे पनि टुङ्गाे, कुन खेल कहाँ ?

 साउन १५, २०७६ बुधबार २०:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुँदैछ । 

मंसिर १५ देखि २४ गतेसम्म काठमाण्डौ र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौँ राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । बिहीबारदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको तथ्यांक नआइसकेको तर झण्डै एक हजारदेखि १५ सय जना खेलाडी प्रशिक्षणमा सहभागी हुने बताइएको छ । 

केही खेलका खेलाडीहरुलाई देशभित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताउनुभयो । बन्द प्रशिक्षणका लागि पहिलो चरणमा पदक जितेका खेलाडीहरुलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । 

यसअघिका सदस्यसचिव केशवकुमार विष्टले सागमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुका लागि राखेप च्याम्पियनसिप गराउने बताउनु भएको थियो । तर अहिले राखेप च्याम्पियनसिप नगर्ने मनस्थितिमा पुगेको छ । 

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३ सय ३० जना पुरुष र ३ सय १४ जना महिला खेलाडी हुनेछन् ।

कुन खेलको प्रशिक्षण कुन ठाउँमा ?

१. आर्चरी - पोखरा
२. एथ्लेटिक्स - आर्मीको मैदान लगनखेल र टुँडिखेल (एथ्लेटिक्स संघले दाङको बेलझुण्डी जाने भनेर माग गरे पठाउन तयार)
३. ब्याडमिन्टन - रंगशाला
४. बक्सिङ - थाइल्याण्ड
५. फेन्सिङ - महाराजगञ्ज
६. जुडो - खुशिबु, नयाँ बजार
७. कराते - सातदोवाटो कराते हल
८. सुटिङ - सुटिङ रेञ्ज
९. स्क्वास - सातदोबाटो स्क्वास हल
१०. पौडी - कालोपुल (केही खेलाडी विदेशमा)
११. टेबल टेनिस - लैनचौरमा
१२. तेक्वान्दो - सातदोबाटो
१३. टेनिस - सातदोबाटो
१४. भारतोलन - रंगशाला
१५. ट्रायथलन - लगनखेल
१६. उसु - रंगशाला
१७. कुस्ती - हेटौंडा
१८. प्याराग्लाइडिङ - पोखरा
१९. साइक्लिङ - गोकर्ण
२०. भलिबल - त्रिपुरेश्वर र लगनखेल
२१. फुटबल - एन्फा मैदान
२२. ह्याण्डबल - पोखरा
२३. क्रिकेट (पुरुष टाेली भर्खरै प्रतियोगिता खेलेर फर्किएकाेले एक दुई दिनमै तय हुन्छ, महिला टाेली - मूलपानी) 
२४. बास्केटबल - धरान
२५. खोखो - बर्दिया
२६. कबड्डी - तालिम केन्द्र, महाराजगञ्ज
२७. गल्फ - काठमाण्डाै

कुन प्रतियोगिता कुन ठाउँमा ?

काठमाण्डाै

१. टेबल टेनिस
२. फुटबल (पुरुष) - दशरथ रंगशाला
३. एथ्लेटिक्स - दशरथ रंगशाला
४. ब्याडमिन्टन - दशरथ रंगशाला
५. बास्केटबल - दशरथ रंगशाला
६. कबड्डी - भृकुटीमण्डप
७. खोखो - भृकुटीमण्डप
८. गल्फ - गोकर्ण
९. क्रिकेट - मूलपानी र टीयू मैदान

ललितपुर

१. कराते - सातदोबाटो
२. बक्सिङ - सातदोबाटो
३. तेक्वान्दो - सातदोबाटो
४. कुस्ती - सातदाेबाटाे
५. उसु - लगनखेल
६. जुडो - लगनखेल
७. सुटिङ - सातदोबाटो
८. स्क्वास - सातदाेबाटाे
९. लन टेनिस - सातदोबाटो

पोखरा

१. ट्रायाथलन
२. भलिबल
३. ह्याण्डबल
४. आर्चरी
५. वेट लिफ्टिङ
६. भाराेत्ताेलन
७. फुटबल महिला
८. प्याराग्लाइडिङ

काठमाण्डाै, ललितपुर र भक्तपुर

१. साइक्लिङ (कुपण्डोल), कोटेश्वर (भक्तपुर)

खेल स्थल तय नभएको

१. फेन्सिङ 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया