तनावमा रियल मड्रिडका प्रशिक्षक जिदान !

 साउन १५, २०७६ बुधबार १९:२१:४५ | एजेन्सी
unn.prixa.net

स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान अहिले तनावमा परेका छन् ।

दोस्रो पटक क्लबको प्रशिक्षक भएर आउँदा उनले ठूला-ठूला वाचाहरु गरेका थिए । तर ती वाचाहरु पूरा गर्न उनी अहिले असफल भइरहेका बेला चुनौतीको चाङ लागेको छ । दोस्रो पटक क्लब सम्हाल्न आउँदा उनले म्यानचेस्टर युनाइटेडबाट पल पोग्बालाई क्लबमा ल्याउन सबै प्रयास गर्ने बताएका थिए ।

हालै भएको मैत्रीपूर्ण खेलमा एट्लेटिको मड्रिडसँग ७–३ को लज्जास्पद हार बेहोरेपछि उनले आफ्नो अन्तिम दाउ चल्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस दिन पनि उनी खेलपछि सिधै पत्रकार सम्मेलनमा गए र त्यहाँबाट फर्किएपछि खेलाडीसँग कुरा नै नगरी बसमा बसेका थिए ।

स्टार खेलाडी ग्यारेथ बेलले क्लब छाड्ने कुरामा केही नबोलेका क्लबका पदाधिकारीहरु पछिल्लो नतिजापछि भने जिदानसँग रुष्ट नै बनेका छन् । उनीहरुले क्लबमा आफू आउँदा गरेका प्रतिबद्धताहरु पालना गर्न आग्रह गरेको बताइएको छ ।

यसैबीच, मार्कपोल नामक सर्भे कम्पनीले हालै गरेको सर्वेक्षणअनुसार रियलका ६४ प्रतिशत समर्थक प्रशिक्षक जिदानको विपक्षमा रहेका छन् ।

१ लाख ८० हजार जनामा गरिएको सर्वेक्षणमा आउँदो सिजन अगाडी नै जिदानलाई क्लबबाट हटाउनु पर्नेमा मत दिएको जनाइएको छ । क्लबका खेलाडीहरु राम्रो भए पनि जिदानकै कारण राम्रो प्रदर्शन गर्न नसकेको समर्थकहरुको बुझाइ छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया