लियोनमाथि लिभरपुलकाे सहज जित

 साउन १६, २०७६ बिहिबार ७:४३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिसिजनको अन्तिम खेलमा आएर युरोपेली च्याम्पियन लिभरपुलले जित निकालेको छ । लिभरपुलले अन्तिम खेलमा लियोनलाई पराजित गरेको हो ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाएको थियो । चौथो मिनेटमा मेम्फिस डिपेईले पेनाल्टी मार्फत गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा रोबटो फिरमिनाले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि जोआचिम एन्डरसनले २१औं मिनेटमा आफ्नै पोटस्मा गोल गरेपछि लिभरपुलले २–१ को अग्रता लियो । ५३औं मिनेटमा ह्यारी विलसनले उत्कृष्ट गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । उनले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

प्रिसिजन मैत्रिपूर्ण खेल सकाएपछि अब आइतबार लिभरपुलले कम्युनिटी शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । कम्युनिटी शिल्डमा लिभरपुलले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया