फिफा अवार्डका प्रमुख ३ दावेदार : मेस्सी, राेनाल्डाे र भान डाइक

 साउन १६, २०७६ बिहिबार २०:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफाले प्रदान गर्दै आएको फिफा अवार्डका लागि फिफाले मनोनयनमा परेका १० जना खेलाडीको नाम सार्वजानिक गरिसकेको छ । 

क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे, इडेन हजार्ड, लियोनल मेस्सी, भिर्जिल भान डाइक, सेडीओ माने, फ्रेन्की डि जोङ, एलिस्सन बेकर, रहिम स्टारलिङ र बर्नान्डो सिल्भा पनि यसपटक मनोनयनमा स्थान पक्का गरेका छन् । 

यी १० जनामध्ये यो अवार्डका लागि यी तीन खेलाडी प्रमुख दावेदार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

१. लियोनल मेस्सी

लियोनल मेस्सी सन् २०१९ को फिफा मनोनयनको सबैभन्दा शीर्षस्थानमा परेका छन् । मेस्सीले गएको सिजनलाई सुखद् बिदाइ गरेका थिए । मेस्सीले गत सिजनमा ५० खेल खेल्दा ५१ गोल गरेका थिए । साथै गोलका लागि २२ अवसर सिर्जना गरेका थिए ।

यूईएफएको गएको सिजनको सर्वाधिक गोलकर्ताको रुपमा आफ्नो नाम लेखाउन सफल मेस्सीले बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मेस्सी गएकाे वर्ष यस अवार्ड जित्नबाट चुकेका थिए, त्यतिबेला फिफा अवार्ड लुका मोड्रिचले जितेका थिए ।

२. क्रिष्टियानो रोनाल्डो

क्रिष्टियानाे रोनाल्डो यस पटकको फिफा अवार्ड जित्नका लागि तम्तयार देखिन्छन् । रोनाल्डोले सन् २०१६१७ को सिजनमा फिफा अवार्ड जितेयता फिफा अवार्ड आफ्नो नाममा पार्न सकेका छैनन् ।

सन् २०१८ मा रियल मड्रिडबाट युभेन्टस जाने ठूलो निर्णय गरेसँगै ३४ वर्षीय रोनाल्डोले गएको सिजनमा २८ गोल गरे भने गोलका लागि १० अवसर सिर्जना गरेका थिए ।

'यूईएफए नेसन्स कप' मा पोर्चुगललाई उपाधि जिताउनका लागि उनको ठूलो भूमिका रहेको थियो । उनले सेमिफाइनलमा स्विटजरल्यान्डविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । उनले युभेन्टसमा रहेर सिरिए को ट्रफी पनि दिलाइसकेका छन् ।

३. भान डाइक

फिफा अवार्डका लागि भान डाइक पनि प्रबल दावेदार हुन् । लिभपरपुललाई च्याम्पियन्स लिग जिताउन उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

उनले यूरोपको ठूलो प्रतियोगिता जिताएकाले पनि मनोनयनमा उनलाई दाबेदारका रुपमा हेरिएको छ । डच खेलाडी डाइकले लिभरपुललाई उपाधि दिलाउँदा मैदानमा उत्कृष्ट डिफेन्डरको भूमिका खेलेका थिए । उनको डिफेन्सका कारण पनि स्ट्राइकरलाई बल अघि बढाउन सहज भएको थियो ।

लिभरपुलाई उपाधि दिलाउँदा उनले नेदरल्याण्ड्सको कप्तानी गर्दै यूईएफएको फाइनलसम्म पुर्‍याएका थिए । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया