कीर्तिमानी रकममा पेपे आर्सनलमा अनुबन्ध

 साउन १७, २०७६ शुक्रबार ८:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलले फ्रेन्च क्लब लिलका विङ्गर निकोलास पेपेलाई अनुबन्ध गरेको छ । आइभरी कोस्टका खेलाडी पेपेलाई ७२ मिलियन पाउण्डमा आबद्ध गरेको हो, जुन आर्सनलको कीर्तिमानी मूल्य हो ।

२४ वर्षे खेलाडी पेपेको स्वास्थ्य परीक्षण पूरा भएपछि उनले आर्सनलमा पाँच वर्षको सम्झौता गरेका हुन् ।

सन् २०१७ मा लिलमा आबद्ध भएको पेपेले ७४ खेलमा ३५ गोल गरेका छन् । ‘म यहाँसम्म आइपुग्दा भावुक भएको छु,’ पेपेले भने । ‘यहाँसम्म आउनका लागि मैले ठूलो संघर्ष गरेको छु र यो महान क्लबमा आबद्ध हुन पाउँदा पुरस्कृत भएको अनुभव गरेको छु ।’

आर्सनलमा उनले १९ नम्बरको जर्सी लगाउनेछन् । फ्रान्सको लिग वानमा केलियन एमबाप्पेलेमात्र पेपेभन्दा बढी गोल र एसिस्ट गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया