माटाेकाे ढिस्काे खस्दा गाेरखामा एक्स्काभेटरसहित चालक पुरिए

 साउन १७, २०७६ शुक्रबार ११:२०:२ | किरण लोहनी
unn.prixa.net

गोरखा – सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा चालकसहित एक्स्काभेटरलाई पहिरोले पुरेको छ । 

स्थानीय गुप्चेखोला नजिकै बाटो खन्दै गरेको एक्साभेटर र चालकलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो । सिन्धुपाल्चोक मेलम्चीका चालक रमेश तामाङलाई पहिराेले पुरेकाे प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो । 

'पहिरोमा पुरिएका चालकको हातमात्र देखिएको छ भन्ने खबर आएको छ । प्रहरी र स्थानीय बासिन्दाले उद्धारकाे प्रयास गरिरहेका छन्', अधिकारीले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया